प्रचण्डको कलाकार बन्ने इच्छा रहेछ !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताएका छन् । शनिबार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिस्पर्धा हेर्न ललितपुरको गोदावरी पुगेका उनले यस्तो बताएका हुन् ।

उनले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताए । उनले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताए । उनले कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापीरूपमा स्थापित गर्न भूमिका खेल्ने बताए । नेपालीहरू जहाँ भएपनि नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्न सक्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरेँ । आउने दिनमा पनि गर्ने नै छु । जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीकरण स्थापित गर्दछ । आज यहाँका प्रस्तुति हेर्दै गर्दा हामी नेपालीहरू तपाईँहरूले नयाँ नेरेटिभ पनि बनाउनु भयो र हामी सात करोड छौँ भन्नेकुरा स्थापित गर्नुभयो । र हामी जहाँ भएपनि नेपाली हौँ, नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छौँ भन्ने सन्देश गएको छ, धेरै शक्तिशाली सन्देश गएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =