सभामुख घिमिरेले बोलाए ठुला दलका सचेतक
२०८० भदौ ३ गते

काठमाडौँ । सदन खुलाउन ठुला दलका सचेतकसँग छलफल हुँदैछ । सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका हुन् ।
सदन अवरोध खुलाउने विषयमा आज बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । छलफलमा सत्तापक्षबाट नेपाली कांग्रेस र माओवादी केन्द्र विपक्षी दलबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने छन् ।
२०८० भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








