डा शेखर कोइरालाको चिन्ता- ‘देशको अवस्था हेर्दा आँसु आउँछ, दिक्क लाग्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने बताएका छन् । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलमा उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको प्रसङ्ग निकालेका छन् । ‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन,’ उनले भने, ‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ?’

छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको बताए । सहभागीहरूले महँगी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।

छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था बताए । कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =