भारतले परम्परागत व्यवसाय गर्नेहरुलाई सघाउने, १३० बिलियन भारुको नयाँ योजना घोषणा

काठमाडौँ । भारत सरकारले साना परम्परागत व्यवसाय गर्ने कालीगढ र शिल्पकारहरुका लागि १३० बिलियन भारु (१.५६ बिलियन अमेरिकी डलर) को नयाँ योजना घोषणा गरेको छ ।

बुधबार भारत सरकारले परम्परागत व्यवसायमा लागेका कालीगढ शिल्पकारका लागि १३० बिलियन भारुको नयाँ योजना घोषणा गरेको हो । योजनाको प्रमुख उद्देश्य दक्षिण एशियाली देशहरुको शहरी र ग्रामिण क्षेत्रमा रहेका यससँग सम्बन्धित श्रमिकलाई सम्मानजनक पारिश्रमिक दिनु हो ।

यस योजनाले सिकर्मी, सुनको काम गर्ने, फलामको काम गर्ने, कपाल काट्ने, माला बनाउने, कपडा सिलाउने, माछा मार्ने र जाल बनाउने लगायत १८ परम्परागत व्यपार गर्नेहरुलाई समावेश गर्ने लक्ष्य राखिएको छ ।

यो योजनाले सीप विकासमा ध्यान दिने, बजारीकरणलाई प्राथमिकता दिने पनि बताइएको छ । यस योजनाले परम्परागत सीपको प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =