कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमी परेकाले सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा कानुन मनलयले शुक्रबार विज्ञप्ति जारी गरेर जनाएको छ ।

कर्णाली प्रदेश प्राप्त गर्न भएको आन्दलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँर शहिद भएका थिए ।

सोमबार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने भएको कर्णाली सरकारले जनाएको छ ।

२० चैत्र २०७९ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बिदा दिइएको मन्त्रालयकी शाखा अधिकृत निर्माला रेग्मीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *