गत वर्ष भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स, २१ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह बढेको छ । उक्त आर्थिक वर्षमा बिप्रेषण आम्दानी २१.२ प्रतिशतले बढेर १२२० अर्ब ५६ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जारी गरेको वार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *