कांग्रेस नेता गिरिको स्मृतिमा काठमाडौँदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

काठमाडौँ । नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिमा काठमाडौँदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ ।

प्रदीप गिरी पावन स्मृति आयोजक समितिले बिहीबार गिरीको पहिलो स्मृति दिवसमा लोक एवं लोकतन्त्र सेतु गाथा नाम दिएर काठमाडौँदेखि काशीसम्मको यात्रा गर्न लागेको जानकारी दिएको हो । भदौ २ गतेदेखि शुरु हुने यात्राको काठमाडौँको पशुपतिनाथ मन्दिरबाट कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन र बिदाइ गर्नुहुने आयोजकले जनाएको छ । यात्रा काशीमा पुगेर समाप्त हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै स्व.गिरीका भ्राता शेखर गिरीले प्रदीप गिरी पीछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि आवाज उठाउने व्यक्ति भएको बताए । उनले मधेसका मुद्दामा उनले मधेसीका माग पूरा नभएसम्म कुनै सम्झौता नगरेको बताए ।

उनले भने, ‘प्रदीप गिरी पिछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि उहाँले जहिले पनि आवाज उठाउनु भयो । उहाँमा कुनै भय नै थिएन । मधेसको माग पूरा नभएसम्म उनले कुनै सम्झौता गर्नुभएन । आउने पिढीका लागि उहाँले एउटा ज्योति छरेर जानुभएको छ । उहाँ जे बोल्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो ।’

गिरिका अनुयायीहरु स्व. गिरीलाई नेपाल–भारत मैत्रीका प्रमुख स्तम्भकारुपमा लिने गर्दछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =