लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौँ : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् । उनले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भएपनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन भने नसकिने बताए । यद्यपी सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको बताए ।

उलने सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाइएको जानकारी दिए । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाइ छ । उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताए । मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।

मन्त्री भुसालले भने, ‘अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएका छन् । त्यसमध्ये १० लाख ८२ हजार एक सय ५९ पशुहरु संक्रमणबाट मुक्त भएका छन् । ४७ हजार ६४९ पशुको मृत्यु भएको छ । एक लाख ७५ हजार ५५३ अहिलेपनि संक्रमित अवस्थामा रहेका छन् । उपचारका लागि टोली खटाउनेदेखि तथ्याङ्कहरु लिने कामहरु ग¥यौँ । यस्तै सचेतनाका लागि ब्रोसरहरु बनाएर वितरण गर्ने काम पनि ग¥यौं । लम्पी स्किनबिरुद्ध भ्याक्सिन तान्जानीया, टर्की र जोर्डनबाट आयातको काम पनि ग¥यौं । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ । ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको छ । लम्पी स्किन रोग लागेर पशुहरुको मृत्यु भयो । र, किसानहरुलाई ठूलो क्षति भयो । क्षति पूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाएका छौँ । कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ । यो रोगबिरुद्धको खोप उत्पादनका लागि चाहिने भाइरस विदेशबाट झिकाउनुपर्छ भन्नेकुरा अगाडि बढाएका छौँ ।’

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनबिरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताए ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *