सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताएका छन् ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताएका हुन् । उनले दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहने बताए । दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको बताए । उनले दिगो विकासका लक्ष्य प्राप्तीका लागि संस्थागत रुपमा संयन्त्र बनाएको पनि बताए । उनले सरकारले उत्पादन, रोजगार, कृषी र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

डा. श्रेष्ठले भने, ‘दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागिरहेको छ । दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहन्छ । नेपालले स्रोतको अधिकतम परिचालन गरिरहेको छ । दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको छ । संघ, प्रदेश र स्थानीय सरकारका नियमित कार्यक्रम र नीतिमा दिगो विकास लक्ष्यका सूचकलाई आन्तरिक रुपमा समावेश गरिएको छ । हामीले विभिन्न तहमा संस्थागत संयन्त्रपनि बनाएका छौँ । प्रधानमन्त्रीको नेतृत्वमा स्टेयरीङ कमिटी छ । मेरो नेतृत्वमा समन्वय र कार्यान्वयन कमिटी बनेको छ र संसदमा पनि दिगो विकास समिति छ । विश्वव्यापी रुपमा २०३० प्राप्त एजेण्डाहरु गम्भिर रुपमा सामना गरिरहेका छौँ । आर्थिक क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकेका छैनौं । हाम्रो ध्यान उत्पादन र उत्पादकत्वमा छ । चालु १५ औं योजनाले गुणस्तरीय शिक्षा, मजबुत स्वास्थ्य सेवा प्रणाली, भौतिक संरचना, सामाजिक सशक्तीकरण, समावेशीकरण, सामाजिक सुरक्षालाई जोड दिएको छ । र, हामी १६ औं योजना बनाउँदैछौँ । संरचनात्मक रुपान्तरणलाई ध्यान दिनेछौँ ।’

उनले सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *