सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले उनीहरुलाई बुधबार काठमाडौँबाट पक्राउ गरेको हो ।

३ साउनमा बरामद भएको ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराई अनुमति मागेको छ । यसअघि यही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *