एमालेले दियो केशव स्थापितलाई बिदा, अर्थ तथा योजना विभागमा क्रान्तिको इन्ट्री

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्य केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले स्थापितसहित सिरहाका प्रमोद यादवलाई बिदा गर्ने निर्णय गरेको हो ।

एमाले स्रोतका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । सोही बमोजिम उनीहरूको राजीनामा स्वीकृत गरिएको हो ।

एमाले सचिवालयको सोमबारको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत भएकी छन् । सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =