संसद्मा टोपबहादुर निलम्बन र सुनिल शर्मा रिहाबारे जानकारी गराइने
२०८० साउन २९ गते

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ ।
आजको संसद् बैठकका लागि आठबुँदे सम्भावित कार्यसूचीको बुँदा नम्बर ३ मा ‘नियम २४८ बमोजिमको जानकारी’ उल्लेख छ । जसमा टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बन भएको जानकारी गराउनेदेखि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा थुनामुक्त भएको जानकारी गराउनेसम्मका कार्यक्रम छन् ।
आठबुँदे सम्भावित कार्यसूची :-

२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








