पार्टीले फिर्ता बोलाएपछि पत्रकार सम्मेलन गरेर बिदा हुँदै मन्त्री मोदी
२०८० साउन २९ गते

काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजो मन्त्रीबाट फिर्ता बोलाइएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
जनमत पार्टीकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिईरहँदा मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन बिहान १० बजे हुने निवर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।
२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








