नक्कली भनेर सक्कली डाक्टर पक्राउ, रातारात बयान लिएर छाड्ने सीआईबीको तयारी

नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले सक्कली डाक्टरलाई समेत पक्राउ गरेको खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरूमाथि गत बिहीबार र शुक्रबार अपरेसन चलाएको थियो।

बिहीबार सीआईबीले पक्राउ गरेका महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा रञ्जित कुमार यादव सक्कली डाक्टर नै भएको खुलेको छ।

हिरासतमा रहेका यी ७ डाक्टर मध्ये एक जना भने सक्कली डाक्टर रहेको पाइएको छ। सीआईबीले नक्कली भन्दै पक्राउ गरेका बारा घर भएका रञ्जित कुमार यादव नक्कली नभइ सक्कली डाक्टर रहेको खुलेको छ। सक्कली डाक्टर रहेको खुलेपछि अहिले सीआईबीमा रातारात बयान गराएर छाड्ने तयारी भएको छ।

उनलाई कागजात गराएर छाड्ने तयारी भएको र मेडिकल काउन्सिलको पत्र आउनासाथ छाड्ने सीआईबीले जनाएको छ।

रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो।

नेपाल मेडिकल काउन्सिलले उनको प्रमाण पत्रहरु सीआईबीलाई पठाएको छ। अरु बाँकी ६ जनालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =