सिँचाई विभागमा ताला लगाउने ठेकेदारमाथि प्रहरीको धरपकड (तस्बिरहरू)

काठमाडौँ । सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायीलाई प्रहरीले पक्रेको छ । आइतबार बिहान जावलाखेलस्थित सिँचाई विभागमा ताला लगाइदिएका व्यवसायीलाई प्रहरीले पक्रेको हो ।

पक्राउ गर्ने क्रममा प्रहरीले धरपकड गर्नु परेको थियो । ताला लगाउँदै धर्नामा बसेपछि प्रहरी पुगेर निर्माण व्यवसायीहरूलाई पक्राउ गरी त्यहाँबाट हटाएको हो ।

सरकारले असार साउन सकिन लाग्दा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायी निरन्तर आन्दोलनमा छन् । तेस्रो चरणको आन्दोलनमा सरकारी कार्यालयमा ताला लगाएर धर्ना दिने उनीहरूले घोषणा गरेका हुन् ।

यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए । अध्यक्ष रवि सिंहले व्यवसायीहरूले सही प्रश्न उठाएको जानकारी हुँदासमेत सरकार बेखबर बनेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *