ललितानिवासमा छानविन हुने भएपछि भ्रमण छोट्याएर आइतबार श्वदेश फर्किंदै माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आइतबार नेपाल फर्कने भएका छन्। स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका नेपाल म्याड्रिडस्थित नेपाली दूतावासमा छन्।

आइतबार कतार एयरलाइन्सबाट नेपाल फर्कन लागेका हुन्।

ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएपछि प्रहरीले उनीसँग पनि बयान लिने तयारी गरेको छ।

यो प्रकरणमा मुद्दा दर्ता गर्ने अवधि नजिक आइरहँदा विदेश गएपछि आलोचना भएको थियो।

यसअघि उनी भदौ १ गते मात्रै स्वदेश फर्किने तालिका थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =