बालेनको कविता – तिमीलाई ओली मनपर्छ, मलाई बोली मन पर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली राजनीतिका शीर्ष नेताहरूलाई कटाक्ष गरेका छन् ।

उनले शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम उल्लेख गर्दै व्यङ्ग्यात्मक कविता लेखेका छन् ।

उनले कविता मार्फत आफुलाई पार्टीका नेता मन नपर्ने बताएका छन् ।

उनको कविता यस्तो छ

मलाई नेता मनपर्दैन,
तिमीलाई नि त मनपर्दैन,
मलाई एउटा मन पर्दैन,
तिमीलाई यी त मनपर्दैन,
तिमीलाई केपी ओली मनपर्छ,
मलाई बोली मन पर्दैन,
तिमीलाई शेरबहादुर मनपर्छ,
मलाई टोली मन पर्दैन,
तिमीलाई प्रचण्ड मनपर्छ,
मलाई गोली मन पर्दैन ।

शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ,
तिमीलाई के मनपर्दैछ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =