स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताए । शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको र्यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ । स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै सम्पूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ ।’

नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औं वार्षिकोत्सवम मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =