सरकारविरुद्ध दुई दिन बोल्नुहोस् त सुनिल शर्मा बनाइदिन्छन् : ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सुनिल शर्मालाई पक्राउ गरेको प्रति सरकारको आलोचना गरेका छन् । शुक्रबार एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गरेका हुन् ।

ओलीले भने, ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो ? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी । दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने ? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त एउटा निवेदन कुखुरा चोरेको भनेर हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाडिदिन्छ ।’

अध्यक्ष ओलीले सुन प्रकरणमा आफूहरूले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्तापक्षले बोल्न नदिएको आरोप पनि लगाए । ‘सुन प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सदनमा बोल्न दिँदैन । उठेर विरोध गरिहाल्छ । यसको जरासम्म पुग्नुपर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ । अर्थतन्त्र यस्तो भइसक्यो । गर्ने गराउने आफूहरू, अनि कसैलाई छाड्दिनँ भनेर फाइँफुइ गर्ने ?’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =