कांग्रेस सांसद डा. सुनिल शर्मा रिहा

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले रिहा गरेको छ। जिल्ला अदालत काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि शुक्रबार साँझ स्वास्थ्य परीक्षण गरेर रिहा गरेको हो।
न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
शैक्षिक प्रमाण पत्र किर्तेको आरेप लगाउँदै बिहीबार काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको थियो।
तर जिल्ला अदालतले थुनामा राख्नु पर्ने अवस्था नदेखिएको ठहर गर्दा प्रहरी भोलिपल्टै रिहा गर्न बाध्य भएको हो।
अदालतले यो प्रकरणमा पक्राउ परेका पाँच डाक्टरलाई भने ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
डा रञ्जित यादव, डा एलिना साह, मनिता चौधरी, श्रद्धा सिल्पकार र डा अमित चौधरीलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको हो।
शुक्रबार दिउँसो पक्राउ सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा।’ पुनम थापा चौधरी र रौतहटबाट पक्राउ परेका डा रामबाबु यादवको भने म्याद थप गर्न बाँकी छ।








