प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
२०८० साउन २६ गते

काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रवार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ ।
बैठकको सुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए । सत्तापक्षमा सांसदहरूले उठेपछि एमालेका सांसदहरूले वेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरेका छन् ।
एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । यही साउन २९ गते सोमवार दिनको एक बजे बस्नेगरी बैठक स्थगित गरिएको हो ।
तस्बिरहरु

२०८० साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








