संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो : सांसद बेल्वासे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेल्वासेले संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बेल्बासेले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको आवाज बोल्ने सांसदको आवाज बन्द भएको बताएकी हुन् । उनले संसद अवरुद्ध हुँदा जनताप्रति उत्तरदायी हुन नसकिएको बताइन् । उनले सांसदहरूको आवाजलाई बन्द गर्न प्रतिपक्ष दलले भूमिका खेलेको बताइन् । संसद अवरुद्ध हुँदा जनताका आवश्यकताको सम्बोधन गर्न नसकिएको भन्दै उनले प्रतिपक्षलाई विरोधको तरिका बदल्न आग्रह गरिन् ।

उनले भनिन्, ‘जनताका आवाज बुलन्द गर्ने यो संसद लामो समयदेखि अवरुद्ध छ । जनताका आवाजहरूलाई बोल्नुपर्ने, कानुन बनाउनुपर्ने र संसदका आफ्ना नियमित कामहरूलाई अगाडी बढाउनुपर्ने संसद अवरुद्ध हुँदाखेरी हामी जनताप्रति उत्तरदायी हुन सकेका छैनौँ । सरकारप्रति उत्तरदायी हुन सकेका छैनौँ । सरकारले गरिराखेका राम्रा कामलाई समर्थन गर्न र हाम्रो आवाज बन्द भएका छन् । हाम्रो आवाज बन्द गर्ने प्रतिपक्षमा रहेर प्रतिपक्षका साथीहरूले भूमिका खेलिराख्नु भएको छ । यो राम्रो भइराखेको छैन । सरकारमा हुँदाखेरी संसद विघटन गर्ने, विपक्षमा भयो भने संसद अवरुद्ध गर्ने । के तरिका हो यो ? यसरी जनताका आवश्यकताहरूलाई सम्बोधन गर्न पनि सकिन्न । सरकारलाई साथ दिनपनि सकिन्न । सरकारलाई सकारात्मक बनाउनका लागि आलोचना गर्न पनि सकिन्न । यो तरिका बन्द गर्नुपयो । सदन खुल्नुपर्यो । आफ्ना विरोधका आवाजहरू अरू माध्यमबाट राख्नुपर्यो । विरोधका तरिकाहरू बदल्नका लागि म प्रतिपक्षलाई विनम्र अनुरोध गर्दछु ।’

उनले डेंगु सङ्क्रमणले भयावह रूप लिइरहेको भन्दै प्रभावित क्षेत्रमा अभियान नै सञ्चालन गरेर रोकथाममा लाग्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =