गृह र अर्थमन्त्रीको राजीनामा मागेको आधारमा सुनील शर्मालाई पक्राउ गरिएको त होइन ?

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आफ्ना पार्टीका सांसद सुनील शर्मा पक्राउ गरे पछि कांग्रेसका नेताहरू सशंकित हुन पुगेका छन् । पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रूपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ३० वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरू नै सशंकित हुन पुगेका हुन् ।
कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरूलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका व्यक्त गरेका छन् ।
‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो,र त्यही केस हाल आएर सिआईवी ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनील शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसद्मा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’
भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन “अपरेशन क्वाक”ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो। त्यही केस हाल आएर सिआईवि “फोक्सट्रोट चार्ली”अपरेसन ले मा. सुनिल शर्मा लाई पक्राउ गरेको छ। संसद मा सुन तस्करी काण्ड विरुद्ध…
— Arjun Narasingha Kc (@ArjunNarasingha) August 10, 2023








