शिक्षण अस्पतालका डाक्टरसहित थप २ जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जना डाक्टरलाई पक्राउ गरेको छ।

नक्कली डाक्टरमाथि चलाएको अपरेसनमा त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरी र अर्का डाक्टर रञ्जितकुमार यादव पक्राउ परेका हुन्।

उनीहरुले नक्कली प्रमाण पत्र बनाएर डाक्टर बनेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको थियो।

नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा यसअघि डा. सुनिलकुमार शर्मा पनि पक्राउ परेका छन्।

सीआईबीले अप्रेसन गरिरहेकाले थप डाक्टर पक्राउ पर्ने सम्भावना छ।

उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =