कांग्रेस सांसद सुनिल शर्मा पक्राउ(भिडिओ सहित)
२०८० साउन २५ गते

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो ।
शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन ।
सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै एक क्विन्टल सुन तस्करी प्रकरणमा छानबिन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए ।
दुई मन्त्रीले राजीनामा नदिए आफू संसद भवनमै अनसन बस्ने चेतावनी समेत दिएका थिए ।
२०८० साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








