गौर हत्याकाण्ड छानबिनको सहमतिले जसपा त्रसित

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति सरकार र आन्दोलनरत पक्षबीच भएपछि सत्तारुढ दलभीत्रै असन्तुष्टि देखिएको छ।

जनता समाजवादी पार्टी (जसपा) भित्र यो सहमतीले तरंग उत्पन्न भएको हो।

मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच ५ बुँदे सहमति भएको थियो। जुन सहमतीमा गौर हत्याकाण्डको छानबिन गर्ने भनिएको छ।

१७ वर्ष अघिको सो काण्डको छानबिनमा जसपाका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरु तानिने छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

यो विषयपछि बुधबार जसपाका केन्द्रीय कार्यसमितिका राजधानीमा उपलब्ध सदस्यहरुको अनौपचारिक बैठक ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको छ ।

राजनीतिक आन्दोलनको क्रममा सो घटना भएको जसपाले बताउँदै आएको भएपनि सरकारले व्यक्तिगत अपराधको जस्तो गरी व्यवहार गर्न खोजेको जसपाको निस्कर्ष छ।
यो विषयमा छानविन अगाडी बढे सरकार छाढ्नेसम्म्को चेतावनी जसपाले दिएको छ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् र सो दलका २ जना मन्त्री रहेका छन्।

२०६३ चैत ७ मा रौतहट गौरस्थित राइसमिल चौरमा आमसभाको विषयमा नेकपा माओवादी र तत्कालीन मधेशी जनताधिकार फोरमबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो।

घटनामा परी मृत्यु तथा घाइते भएका व्यक्तिहरूका सन्दर्भमा तत् समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सहमतीमा उल्लेख छ ।

घटनाको छानबिन हुनुपर्ने माग गर्दै पीडितहरु यसअघि एक सातादेखि चन्द्रनिगाहपुरमा धर्ना बसेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =