पदक बिक्रि गर्न नदिएपछि महावीर पुनले सरकारलाई नै फिर्ता दिने
२०८० साउन २३ गते

राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले बिक्रीमा राखेका पदकहरु सरकारलाई फिर्ता दिने भएका छन्। उनले बिक्रि गर्न लागेका पदक नबेच्न भन्दै गृह मन्त्रालयले निर्देशन दिएपछि उनले ती पदक अब सरकारलाई नै फिर्ता गर्ने घोषणा गरेका हुन्।
उनले आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखानाका लागि खर्च जुटाउन नेपाल सरकारबाट प्राप्त दुई मेडलसहित अन्तर्राष्ट्रिय मेडलहरुको लिलाम बिक्रीमा राखेका थिए । त्यसमा गृह मन्त्रालयले पुनलाई बोलाएर मेडल बेच्न नपाइनेबारे सजग गराएको थियो।
उनले सरकारले दिएका पदकका मेडल फिर्ता दिएपनि अन्तर्राष्ट्रिय रुपमा पाएका मेडल भने विक्रि गर्ने भएका छन्।
महावीरले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः
कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ ।
नेपाल सरकारले दिएको पदक सहित मैले प्राप्त गरेको अन्य अन्तराष्ट्रिय पदकहरु बेचेर त्यसको पैसा बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्न भनेर मैले आलोक सुबेदी भाईलाई बिक्रीमा राख्न जिम्मा दिएको थिएँ । उनले रुटिन अफ नेपाल बन्द सहित अन्य अनलाइन मिडियाहरुमा लिलाम बिक्रीमा राख्न लगाएका थिए ।
गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।
नोट: तर अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ । त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन् । त्यसैले मेडलहरु किन्न चाहनेले भाई आलोक सुबेदी लाई 9810276473 मा सम्पर्क गर्नु होला । सम्पूर्ण मेडल त्यो भाईलाई मैले जिम्मा दिएको ३ बर्ष जति भयो । त्यो भन्दा पहिले मैले सन्तोष गिरी भाईलाई मेडल बेच्ने जिम्मा दिएको थिएँ ।
जे सुकै होस्, पछि हटिन्न । जोड लगाके अगाडी बढिन्छ, किन भने यस्तो घटनाले झनै उर्जा थपी दिन्छ । धन्न बचियो गाँठे !!! धन्यबाद ।
गृहको पत्र

२०८० साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








