बानेश्वरमा निर्माण व्यवसायीले बजाए सिट्ठी (तस्बिरहरू)
२०८० साउन २२ गते

काठमाडौँ । निर्माण व्यवसायीहरूले सोमबार बानेश्वरमा प्रदर्शन गरेका छन् । सरकारले असार मसान्त सकिएर आधा साउन भइसक्दा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
रकम भुक्तान नगरेको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सिट्ठी बजाएर, सेफ्टी हेल्मेटसहित प्रदर्शनसँगै धर्ना दिइएको हो । निर्माण व्यवसायीहरूले नारा लगाउँदै र सिट्ठी बजाएर बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

२०८० साउन २२ गते
प्रतिक्रिया








