उपराष्ट्रपति यादव चीन जाँदै

उपराष्ट्रपति रामसहाय यादव चीन भ्रमणमा जाने भएका छन्।

दक्षिणी चीनको कुन्मिङमा आगामी हप्ता हुन लागेको ‘साउथ एसियन एक्स्पो’ मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लागेका हुन्।

चीनले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो एक्स्पोको यसपटक सातौँ संस्करण हो। जसको यस वर्षको मुख्य विषय सोलिडारिटी एण्ड कोअपरेशन फर कमन डेभलपमेन्ट’ तय गरिएको छ।

चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले गर्ने एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ।

एक्पोमा सहभागि हुन चीनले उपराष्ट्रपति यादवलाई निमन्त्रणा पठाइसकेको छ।

यसअघिका एक्स्पोमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र त्यसअघिका उपराष्ट्रपति परमानन्द झा सहभागि भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =