बंगलादेशमा डेंगु नियन्त्रण बाहिर

काठमाडौँ । बंगलादेशमा डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । शुक्रबार र शनिबार बेलुकासम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ ।

करिब ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८०  डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरूमा ४ हजार ६५४  बिरामी उपचाररत छन् । डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको  मृत्यु भइसकेको छ ।

स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टेविरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन् । बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ । यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ ।

एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ । नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ ।  करिब ७२५३ डेङ्गुका बिरामी फेला परेका छन् । जसमा कोशी प्रदेशमा सबैभन्दा बढी ५ हजार १ सय एक बागमती प्रदेशमा १ हजार १७१, गण्डकी प्रदेशमा ३ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ४२ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =