क्रिकेटर ज्ञानेन्द्र मल्लले लिए सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर उनले सन्यासको घोषणा गरेका हुन् । घरेलु क्रिकेट पनि नखेल्ने गरी आफूले सन्यास लिएको उनले घोषणा गरेका हुन् ।

उनले अब फरक यात्राको सुरुवात गर्ने बताए ।

सन् २००५ देखि उमेर समूहको खेलबाट उक्त क्रिकेटतर्फको यात्रा सुरु गरेका थियो । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग खेलेको खेल नै उनको करिअरको अन्तिम खेल बन्यो ।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्धको खेलबाट उनले अन्तरष्ट्रिय क्रकेटमा डेब्यू गरेका थिए ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहेका थिए ।

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले कप्तानी सम्हालेका थिए । उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका थिए ।

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *