ज्वाला संग्रौलाले भनिन्- ‘गो अहेड’ रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछानेलाई अगाडि बढ्न आग्रह गरेकी छन् । रविले चितवनमा महिलाका लागि निःशुल्क बस सञ्चालन गरेपछि पक्ष र विपक्षमा टिप्पणी भइरहेका बेला संग्रौलाले यस्तो आग्रह गरेकी हुन् ।

विरोध गर्नेहरूको विरोधले काम गर्ने मान्छेलाई कहिल्यै अवरोध नहुने उनको भनाई छ । ‘रास्वपा सभापति तथा चितवन २ का प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने ज्युले चितवनमा महिलाहरूका लागि निःशुल्क ब्लु बस सेवा तथा मोबाइल क्लिनिक सञ्चालनमा ल्याउनु भएको छ,’ उनले भनेकी छन्, ‘विरोध गर्नेहरूको विरोधले काम गर्ने मान्छेलाई कहिल्यै अवरोध हुँदैन Go ahead Rabi Lamichhane !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =