स्वास्थ्य मन्त्रालयको अनुगमन : अस्पतालले नागरिक बडापत्र लागू गर्नुपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौँका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । मन्त्रालयका अनुसार काठमाडौँको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो ।

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा।टंक बाराकोटीले अस्पतालहरूमा नागरिक बडापत्र लागू हुनुपर्ने बताए । उनले अस्पतालले बिरामीहरूको निःशुल्क उपचार दिनुपर्ने पनि बताए ।

डा।बाराकोटीले भने ‘नेपाल मेडिकल कलेजको राम्रो पक्ष भनेको सरसफाइ राम्रो छ । पूर्वाधार ठिक छ । नागरिक बडापत्रका कुरा, निःशुल्क दिने उपचारका कुरामा सुधार गर्नुपर्ने देखिन्छ । शंकरापुर अस्पतालको भवन स्ट्याण्डर्ड छैन । गरिब असहायलाई बेड पर्याप्त नछुटाइएको पाइयो । ल्याबमा सुधार गर्नुपर्ने देखियो । ’

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौँका फार्मेसीहरूको अनुगमन गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =