प्रवासीलाई स्वदेश फर्किन रास्वपाको अपिल, तत्काल सयबढी रोजगारीको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् ।

सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरूमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् । ‘यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदै छन् । चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’। अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ,’ उनले फेसबुकमार्फत भनेका छन् ।

उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् । सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए ।

प्रतिक्रिया

One thought on “प्रवासीलाई स्वदेश फर्किन रास्वपाको अपिल, तत्काल सयबढी रोजगारीको घोषणा

  1. असाध्यै राम्रो काम भन्नुपर्छ रबि सरको यो कार्यलाई!
    म फर्कन चाहान्छु यदि नेपालमै रोजगार मिल्छ भने म
    अहिले मेलेसियामा छु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =