परराष्ट्र मन्त्रालयले भन्यो : गलत सूचनाका आधारमा विदेशी सेनामा भर्ना नहुनु

गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयले सूचित गरेको छ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा नेपालीहरु भर्ना भएको समाचार बारे ध्यानाकर्षण जनाएको हो।

‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन पनि परराष्ट्रले सचेत गराएको छ।

p

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =