रास्वपाका चार सांसदलाई तत्काल कारबाही नगर्न अदालतको आदेश

खर्च विवरण नबुझाएका रास्वपाका चार सांसदलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडीको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए।

संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध रिट निवेदन दर्ता गराएका थिए।

सो विषयमा दुवै पक्षबीच छलफल गराई अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निष्कर्षमा पुग्न उपयुक्त देखिएकाले आगामी साउन २२ गतेका लागि बोलाएको छ।

रिट निवेदकसमेत रहेकी सांसद गौतम आफैंले बहस गरेकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =