धादिङका वडाध्यक्षसतिह १२ जना काठमाडौंको जुवाखालबाट पक्राउ

धादिङको लिनकण्ठ नगरपालिका ५ का वडाध्यक्षसतिह १२ जना काठमाडौंको जुवाखालबाट पक्राउ परेका छन्।
टोखा नगरपालिका–९ मिलन टोलस्थित ‘सेती गण्डकी गेष्ट हाउस’बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।
उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ। उनीहरुको साथबाट प्रहरीले १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरेको छ।
अरु को को पक्राउ परे ?
पक्राउ पर्नेमा दशरथ चन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय सूर्य भट्ट, रोल्पाको माडी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सरोज खत्री, दाङको घोराही नगरपालिका–१ घर भएका ३२ वर्षकै धीरज शाह, बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा, कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका ३६ वर्षीय जयबहादुर ढुंगाल रहेका छन्।
यस्तै बैतडीको पुर्चौडी नगरपालिका–८ घर भएका ५२ वर्षीय कालो सिंह धामी, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ३४ वर्षीय विश्वनाथ कार्की, गोरखाको आरुघाट गाउँपालिका–५ घर भएका ३४ वर्षीय अर्जुन गुरुङ, काठमाडौं–१५ स्वयम्भूका ४० वर्षीय अजित रिजाल, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ४० वर्षीय किरण थापा, बैतडीको दशरथचन्द नगरपालिका–४ घर भई नयाँ बसपार्कमा गेष्टहाउस चलाउँदै आएका ४८ वर्षीय राजेन्द्रप्रसाद जोशी छन्।








