कांग्रेसको सिको गर्दै माओवादी केन्द्र, केन्द्रीय समिति बैठक हुनेभयो लाइभ

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ । बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो ।

बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय भएको पार्टी सचिव देवेन्द्र पौडेलले बताए । उनकाअनुसार बैठक लाइभ गर्दा आम पार्टी कार्यकर्ता र जनसमुदायलाई जानकारी पाउन सहज हुनेछ । यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =