पैसा माग्दै बालुवाटारमा ठेकेदारको धर्ना (तस्बिरहरू)
२०८० साउन १५ गते

काठमाडौँ । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । सरकारले असार मसान्त सकिएर आधा साउन भइसक्दा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै उनीहरूले सोमबार बिहान धर्ना दिएका हुन् ।
रकम भुक्तान नगरेको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सेफ्टी हेल्मेटसहित एक घण्टा धर्ना दिइएको हो । उनीहरू नारा लगाउँदै बालुवाटार छिर्ने बाटो अगाडि बसेका थिए ।


२०८० साउन १५ गते
प्रतिक्रिया








