डोकोमा खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको सरकारले अन्त्य गर्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री महिन्द्र राय यादवले कर्णाली प्रदेश लगायतका क्षेत्रमा खानेपानी डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको वर्तमान सरकारले अन्त्य गर्ने बताएका छन् ।

आइतबार खानेपानी मन्त्रालयले खानेपानीको वर्तमान समस्या र समाधान विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले विज्ञान र प्रविधिको युगमा पनि मानिसहरूले डोकोमा पानी बोकेर खानुपर्ने बाध्यतालाई सरकारले अन्त्य गर्न प्राथमिकताका साथ काम गर्ने बताए । उनले डोकोमा पानी बोकेर खानेपानी खानुपर्ने अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै बजेटको व्यवस्था गरेर त्यस्तो ठाउँमा सहजीकरण गर्ने बताए । उनले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नको लागि तीनै तहका सरकारले हण्डपाइप वितरण कार्य रोक्नुपर्ने बताए ।

उनले भने ‘सरकारको प्राथमिकता नै मुलुकभरका विद्यालयमा खानेपानी पुर्याउने हो । विद्यालय क्षेत्र सबै भन्दा संवेदनशील हो । दोस्रो क्षेत्र भनेको आसनिक पानी (फलामको मात्र बढी भएको) कम गर्नु हो । फलामको मात्रा बढी भएको पानीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने हो । त्यो पानी न्यूनीकरण गर्नको मन्त्रालयले वितरण गर्ने हेण्डपाइप बन्द गरेका छौँ । यो गर्न हुँदैन । तीनै तहका सरकारले हेण्डपाइप वितरणको काम गर्नु हुँदैन । आसनिक पानी न्यूनीकरण गर्ने भने पनि हामी उत्पादन गरिरहेको भन्दै त्यो प्राणघातक हो । हेण्डपाइप वितरण तीन वटै सरकारले गर्न सकेन भने फलामको मात्रा बढी हुने पानी बन्द हुँदैन । कर्णाली लगायत मुलुकका अन्य क्षेत्रमा डोकामा पानी बोक्नुपर्ने बाध्यता छ । त्यो पिडादायी कुरा हो । यो अमानवीय काम हो । सरकारले बजेटको व्यवस्था गर्छ । डोकोमा पानी बोल्नुपर्ने बाध्यताको अन्त्य गर्नु सरकारको प्राथमिकतामा पर्छ । अहिलेको जमानमा पनि डोकोमा पानी बोल्नुपर्ने अवस्थालाई मुक्त गर्नुपर्छ ।’

मन्त्री यादवले सरकारको प्राथमिकता मुलुकभरका विद्यालयमा खानेपानी पुर्याउने रहेको बताए । उनले चालु आर्थिक वर्षमा खानेपानी नपुगेका विद्यालयमहरुमा खानेपानी पुर्याएरै छोड्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =