सुन प्रकरणमा कनेक्सन देखिएपछि ठमेलको होटल भियनामा छापा, सञ्चालक पक्राउ

काठमाडौँ । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा छापा मारिएको छ । राजस्व अनुसन्धान विभागको एक टोलीले शनिबार राति होटल भियनामा  छापा मारेको हो ।

सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि छापा मारेको स्रोतले जनाएको छ । होटलबाट दावा छिरिङलाई पक्राउ परेका छन् उनी नेपाली मूलका बेल्जिनिमका नागरिक हुन् । उक्त होटल उनकी श्रीमतीको नाममा छ । विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ ।

गत साउन ३ गतेबाट हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । उक्त सुन नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =