‘गरिबको चमेली बोल्दिने कोही छैन’(फोटो फिचर)
२०८० साउन १३ गते

काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरिएको छ ।
‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत जवाफदेहीता , प्रहरीहरुको (नगरप्रहरी) ज्याजती , गारकानुनी कदम तथा ठेला–गाढा , साना सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो ?’, ‘गरिब होइन गरिबी हटाऊ !’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
बिभिन्न ब्यानर र प्याम्पलेट लिएर युवा हरु बालेन को कार्यकक्ष सभा गृह गेट अगाडि उभिएर प्रदशन गरेका छन । स्वतन्त्र युवा हरु सङ्गै काठमाडौं मा फुटपाथ सडकमा व्यापार गर्ने हरु पनि आएर साथ दिएका थिए ।


२०८० साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








