स्टार्टअपमा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा‍‍. काशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन् ।

बिहीबार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरूलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताए । उनले कोभिड–१९ पछि नेपाली युवाहरू टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताए । उनले युवाहरूसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फण्डको व्यवस्था समेत सरकारले गरेको बताए ।

उनले युवा उद्यमीहरूले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरू उत्पादन गर्नेहरूलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । उनले सरकारले स्टार्टअप उद्यमीहरूले गरेको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताए । उनले अन्य क्षेत्रहरू भन्दा अहिले टेक्नोलोजी क्षेत्रमा अवसर राम्रो रहेको बताए ।

उनले भने ‘ टेक्नोलोजी क्षेत्रमा लगानी बढाउने कुरा छ । त्यसमा राज्यको सहयोग खोजिएको छ । टेक्नोलोजी क्षेत्रको विकास तीव्र रूपमा भइरहेको छ । कोरोना महामारीपछि युवाहरूले सफट्वेयरहरु निर्यात गर्न लाग्नुभएको छ । स्टार्टअप उद्यम गर्ने टेक्नोलोजी सफ्टवेयर निर्यात गर्नेहरूलाई अनुदानको व्यवस्था गरेका छौँ । सरकारले स्टार्टअप उद्यमीहरूले गरेको आम्दानीमा ५० प्रतिशत कर छुट गरेका छौँ । अन्य क्षेत्रहरू भन्दा अहिले राम्रो व्यापारिक क्षेत्र टेक्नोलोजी भएको छ । यसमा धेरै अवसरहरू पनि छन् । सफ्टवेयर बनाउने कम्पनीहरू रजिस्टर गर्न समेत छुट राज्यले दिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादन गर्छ । त्यसलाई १ लेभलमा सरकारले प्रोत्साहन गरेको छ तर परिसंघ त्यसमा खुस्शी देखिएको छैन । विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरू भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई एक लेबलको अनुदान दिएका छौँ । आगामी दिनमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जानेछ ।’

उनले सरकारले ‘इनोभेसन नलेज’ लाई व्यवसायको रूपमा लैजानको लागि लगानी गरी उद्यम गर्नेहरूलाई कम्पनी दर्तामा समेत छुटको व्यवस्था गरिएको बताउनु भयो। उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादनलाई एक किसिमले प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरू भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई अनुदान दिएको बताए । उनले आगामी दिनमा नेपालमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =