जब बालकोटमा संयोगवश सांगीतिक माहौल बन्यो (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घरमा सांगीतिक माहौल बनेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत बिहीबार बेलुका घरमा संयोगवश सांगीतिक माहौल बनेको बताएका हुन् ।

शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी बालकोट पुगेका थिए । ओलीले भनेका छन्, ‘शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =