रास्वपाका बझाङ संयोजक निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।

रास्वपा बझाङ संयोजकसमेत रहेका होटल होलिडे इनका सञ्चालक खड्काको निर्देशनमा खप्तड आवाज रेडियोका पत्रकार सुनिल मण्डेललाई साउन ८ गते निवासबाटै अपहरण गरी बन्दी बनाएर आक्रमण गरेको आरोप छ।

सोही घटनामा संलग्न रहेको पाइएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो। यस्तै उनीमाथि थप अनुसन्धान भइरहेको र थप कारबाही बारे छानविनपछि निर्णय गरिने ढकालले बताए।

पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति निकालेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =