डीएसपी ठगबहादुर केसी बर्खास्त

व्यवसायीको सुन लिएको आरोपमा निलम्बनमा परेका इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरिएको छ।

गृहमन्त्रालयले बुधबार केसीलाई सेवाबाट हटाएको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए। उनलाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाइएको छ।

केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा सिफारिस गरेको थियो। यसअघि प्रहरीले आन्तरिक छानबिन गर्दा पनि उनी दोषि रहेको ठहर गरेको थियो।

बुटवलमा रहँदा ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेकसहित उनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =