भेनिस फिल्म फेस्टिभलमा छानियो नेपाली चलचित्र ‘दि रेड सुटकेस’

अर्को नेपाली कथा भेनिस फिल्म फेस्टिभलमा पुगेको छ ।

फिडेल देवकोटाद्वारा निर्देशित ‘दि रेड सुटकेस’ त्यसका लागि छनोट भएको हो । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेको उक्त फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धामा छानिएको हो । फिडेल आफैँले लेखेको फिल्मको कथाले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव भन्छ ।

फिल्म छनाेट भएको खबर फेसबुकमा लेख्दै निर्माता रामकृष्ण पोखरेलले भनेका छन् ‘विदेशी निर्माता र छायाकार बिना नै विश्वको प्रतिष्ठित फेस्टिभलमा छनोट हुन सफल भएकोमा हामी गौरवान्वित छौँ । नेपालको प्रतिनिधित्व गरेर यसअघि भेनिस पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैमा निर्माता तथा छायाकार विदेशी थिए । घोषणा नहुन्जेल छटपटी छटपटी भइरहेको भएको र सार्वजनिक भएसँगै आनन्द भएको उनले बताए ।

जर्मनीको युनिभर्सिटीमा भिज्युवल एन्थ्रोपोलोजी प्राध्यापन गर्ने फिडेलको यो डेब्यू फिल्म हो ।

फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । यस्तै लेखक बुद्धिसागरको कविता पनि प्रयोग भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *