देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ : पूर्वसभामुख रानाभाट

काठमाडौँ । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस अहिलेसम्मका मूलकका परिवर्तनहरूको संवाहक भएकाले काँग्रेसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय एकता कायम गर्ने भूमिकाबाट काँग्रेस पछि हट्न नहुने बताए ।
उनले भने ‘हामी जहिलेदेखि नै हामी जुनसुकै परिवर्तनको संवाहक नेपाली कांग्रेस हो । मुलुकको आर्थिक, सामाजिक परिवर्तन गराउने अगुवा नेपाली कांग्रेस हो । राष्ट्रिय एकता कायम गर्ने त्यसको प्रणेता पनि नेपाली काँग्रेस हो, त्यो भूमिकाबाट पछि हट्दैनौँ । राष्ट्रिय एकताका लागि सबै मिल्नुपर्छ । विचारधारा, झण्डा, नाराको झगडा चुनावमा हो, चुनावपछि सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने चेत राजनीतिक पार्टीमा आएन ।’
पूर्वसभामुख रानाभाटले पार्टीका विचारधारा, झण्डा र नारा चुनावमा सीमित गरी देश विकासका लागि पार्टीहरू एकजुट हुन जरुरी रहेको बताए ।








