कांग्रेसको विकल्प अरू हुन सक्दैन, एक भएर अघि बढौँ : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको विकल्प अरू हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेको बताए । आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको उनको भनाई थियो ।

नेता कोइरालाले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरू छैनन् नेपाली कांग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’

नेता कोइरालाले नेपाली कांग्रेस एक हुनसके कसैले हराउन नसक्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =