चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले भेट्यो अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोलीले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । सोमबार रातिमात्रै काठमाडौँ पुगेका अध्यक्ष ओलीले चीनले नेपाललाई उच्च महत्त्व दिँदै भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =